Thursday, August 13, 2026

ठुलो मात्रामा लागुऔषध गाँजासहित एकजना बारा प्रहरीको नियन्त्रणमा

कलैया, २९ पौष। जिल्ला प्रहरी बाराले ठुलो मात्रामा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १८ बडर्वा स्थित पिलुवा कलैया भित्री सडक खण्डमा मनहरी बाट कलैया तर्फ आउँदै गरेको बिएसी २३४३ नम्बरको नेपाली योद्धा पिकअप गाडी लाई चेकजाँच गर्ने क्रममा २० पोकामा २०३ किलो ८५० ग्राम लागुऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षिय निशान बहादुर सुन्चुरी रहेका छन्। उनलाई प्रहरी चौकी जैतापुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट पिलुवाबाट खटेको प्रहरीको संयुक्त टोलीले गाँजासहित पक्राउ गरेको थियो।

लागु औषध गाँजा र पिकअप सहित पक्राउ परेका चालक सुन्चुरीलाई थप अनुसन्धानको लागि तालुक इलाका प्रहरी कार्यालय सिमरामा पठाईएको छ भने पिक अप गाडि सिमरा बारामा राख्ने ठाउँको अवाभले गर्दा प्रहरी चौकी जैतापुरमा नै राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर