Monday, June 8, 2026

बाराको ४ वटै निर्वाचन क्षेत्रमा एमालेले टुंगो लगायो उम्मेदवार

spot_img

कलैया, ०३ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले बारा निर्वाचन क्षेत्र नं. १ मा अच्युत मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा बलवीर चौधरी, निर्वाचन क्षेत्र नं. ३ मा ज्वाला कुमारी साह र निर्वाचन क्षेत्र नं. ४ मा किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मतदान फागुन २१ गते हुँदैछ । मनोनयन दर्ता भने माघ ६ गते हुने छ ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर