Monday, June 8, 2026

धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

spot_img

कलैया, ०४ माघ। धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस ब्रेक फेल भएर दुर्घटनामा पश्चिमपट्टिको न्यू सबा मेडिकल हलमा ठोक्किएर दुर्घटना भएको र मृत्यु भएका व्यक्तिहरूको शव क्षतविक्षत अवस्थामा रहेकोले हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

 थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर