कलैया, ०६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधमा पर्सामा मुद्दा दायर गरिएको थियो ।
आज भएको थुनछेक बहसपछि न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो । लामिछाने आजनै जिल्ला अदालत पुगेर बयान दिएका थिए । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।




