Monday, June 8, 2026

‘कसलाई भोट दिने?’ भनेर मतदाताको गोपनीयता भङ्ग नगर्न बारा प्रशासनको आग्रह

spot_img

कलैया,१९ माघ । जिल्ला प्रशासन कार्यालय बाराले सामाजिक सञ्जालमा “के कुन दल वा उम्मेदवार वा निर्वाचन चिन्हमा मतदान गर्नुहुन्छ ?” भन्ने प्रश्न गरि मतदाताको गोपनीयता भंग गरिएको भन्दै त्यस्तो कार्य रोक्न सूचना जारी गरेको छ ।

फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातासँग गोपनीयता भंग गर्ने कार्य जानकारी भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छविरमण भट्टराईले जारी गरेको सूचनामा “निर्वाचन आचारसंहिता,२०८२ को दफा ४ ( द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा कोहि कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ” उल्लेख छ ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर