Monday, June 8, 2026

बारा : निर्वाचन प्रहरी तालिममा सहभागी नहुने उम्मेदवारको स्थानमा वैकल्पिक सूचिबाट छनोट गरिने

spot_img

कलैया, २० माघ । सशस्त्र प्रहरी बल नेपालले बारा जिल्लामा सञ्चालन भइरहेको निर्वाचन प्रहरी अनुशिक्षण तालिममा हालसम्म सम्पर्कमा नआएका उम्मेदवारहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हे.क्वा. बाराले सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उप–समिति कलैया, बाराले मिति माघ १४ गते प्रकाशित अन्तिम नतिजाअनुसार सशस्त्र प्रहरी बल नेपालतर्फ सिफारिस भएका केही उम्मेदवारहरू हालसम्म पनि तालिममा सहभागी हुन सम्पर्कमा नआएको जनाएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विक्रममणि अधिकारी द्वारा जारी सुचनामा  उम्मेदवारहरूलाई  माघ २० गते अपराह्न ४ बजेभित्र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हे.क्वा. उत्तर झिट्कैयामा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको उल्लेख  छ।

तोकिएको मिति र समयभित्र उपस्थित नभएमा सम्बन्धित उम्मेदवारहरूको स्थानमा योग्यताक्रमअनुसार वैकल्पिक सूचिमा रहेका उम्मेदवारलाई निर्वाचन प्रहरी अनुशिक्षण तालिममा सहभागी गराइने सूचनामा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर