कलैया, २० माघ। बाराको निजगढ नगरपालिकाले भोलि माघ २१ गते स्थानीय सार्वजनिक बिदा दिएको छ।
निजगढ नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकको निर्णयअनुसार माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन समारोहका अवसरमा उक्त दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमले जानकारी दिएका छन्।
उक्त दिन निजगढ नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा शैक्षिक संस्थाहरू बन्द रहने नगरपालिकाले जनाएको छ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी धर्म महा महोत्सव –२०८२ मूल समारोह समितिको आयोजनामा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव हुदै छ। उक्त महोत्सव ७ दिन सम्म हुने छ।





