Monday, August 10, 2026

दुर्गा प्रसाईं पुनः पक्राउ

कलैया, २३ माघ । दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। प्रहरीले उनलाई शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईं विरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको हो। प्रसाईंलाई पक्राउ गर्नका लागि निर्वाचन आयोगले समेत पत्राचार गरेको बुझिएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए। पछिल्लो समय प्रसाईंले सामाजिक सञ्जाल र विभिन्न कार्यक्रममार्फत दिएका अभिव्यक्तिहरूका कारण उनी विवादमा पर्दै आएका थिए।

प्रसाईंलाई पक्राउ गरेपछि हाल प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै र छुट्दै आएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर