Friday, June 5, 2026

बारा-२ : जसपा नेपालको सम्पर्क कार्यालय उद्घाटन

spot_img

कलैया, २६ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ। सोमबार एक कार्यक्रमका बीच महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरमा जसपा नेपालको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकिशोर प्रसाद यादवले क्षेत्रको विकास र पहिचानको मुद्दालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले मधेस र मधेसी जनताको हकहितका लागि जसपा नेपालले खेल्दै आएको भूमिकालाई कदर गर्दै मतदाताले यसपटक आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे। साथै उनले एकजुट भएर निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आव्हान गरेका छन्।

कार्यालय उद्घाटन समारोहमा उम्मेदवार यादवका साथै मधेस प्रदेशसभा सदस्य बच्चा राय यादव, पचरौता नगरपालिकाका पूर्व मेयर रमेश यादव, नेता शिव मंगल यादव लगायत स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर