कलैया, ०८ फागुन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहीबार पनि सुन प्रतितोला तीन लाख चार हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघ बिहीबार पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।





