Friday, June 5, 2026

एसईई नतिजा वैशाखभित्रै सार्वजनिक गर्ने तयारी

spot_img

बारा, ०१ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी वैशाख २९ गतेभित्रै सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको छ।

परीक्षा सकिएको एक महिनाभित्रै नतिजा ल्याउने सरकारको नीतिअनुसार बोर्डले अहिले प्राप्ताङ्क इन्ट्री गर्ने कामलाई प्राथमिकता दिएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विभिन्न जिल्लाबाट उत्तरपुस्तिका र मार्कस्लिप आउने क्रम जारी छ। हालसम्म करिब १० जिल्लाको विवरण प्राप्त भइसकेको र बाँकी जिल्लाको विवरण संकलन भइरहेको छ। नतिजा प्रकाशनमा ढिलाइ हुन नदिन बोर्डले सार्वजनिक बिदाका दिनमा समेत कर्मचारीहरू परिचालन गरेको छ।

बोर्डले प्राविधिक त्रुटिरहित नतिजा प्रकाशन गर्न विशेष सतर्कता अपनाएको जनाएको छ। परीक्षा सकिएपछि लामो समय नतिजा कुर्नुपर्दा विद्यार्थीमा हुने मानसिक तनाव कम गर्न सरकारले छिटो नतिजा सार्वजनिक गर्ने नीति लिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर