Thursday, June 4, 2026

देवताल र सुवर्ण गाउँपालिकामा आज साँझ ५ बजे सम्म विद्युत अवरुद्ध हुने

spot_img

बारा, ० जेठ । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने केही क्षेत्रमा आज दिउँसो सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

वितरण केन्द्रले एक सूचना जारी गर्दै ११ के.भी. डबल सर्किट तार तान्ने कार्य भइरहेकाले सेवा बन्द गर्नुपरेको जनाएको हो ।

कलैया वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत पर्ने सितलपुर फिडरबाट वितरित देवताल र सुवर्ण गाउँपालिका क्षेत्रमा आज दिउँसो १२:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ ।

निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा सोही अनुसार लाइन तुरुन्त सुचारु गरिने समेत केन्द्रले जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर