Friday, October 2, 2026

मन्त्रालयको निर्देशनमा प्रादेशिक अस्पताल कलैयाको करार सेवा परीक्षाको नतिजा स्थगित

Advertisement
Advertisement

बारा, २५ जेठ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनमा प्रादेशिक अस्पताल कलैया, बाराको करार सेवा तर्फको परीक्षा नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको छ।

अस्पतालले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि विभिन्न पदहरूमा सञ्चालन गरिएको करार सेवाको परीक्षाको नतिजा अर्को आदेश नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।

प्रदेश अन्तर्गत मन्त्रालयको पत्र सङ्ख्या १८३६, २०८३ जेठ २५ गतेको निर्देशन अनुसार उक्त निर्णय लिइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर