Saturday, June 20, 2026

बारामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

बारा, ०६ असार । बारामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १:३० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ पर्सा टोल बस्ने दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिका डुबेर गम्भीर बिरामी परेका थिए ।

उद्धार गरी उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले दिउँसो २ बजे ई.सी.जी. गरी जाँच गर्दा दुवै बालिकाको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

मृत्यु हुने बालिकाहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ पर्सा टोल बस्ने विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र सोही स्थानका सञ्जय मण्डलकी ५ वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टम गरिएपछि राति ८ बजे मृतकको शव परिवारजनले बुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर