Thursday, November 5, 2026

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

Advertisement
Advertisement

बारा, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि क्रिकेट रंगशालामा दुई वटा रोमाञ्चक खेलहरू हुँदैछन्।

आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुनेछ।

लुम्बिनी लायन्स ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन भई ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने ४ खेल खेलेको जनकपुर बोल्ट्स २ जीत र २ हारसहित चौथो स्थानमा छ।

त्यसैगरी, आजको दोस्रो खेल बेलुका ५ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ। विराटनगर ४ खेलमा २ जीत र २ हार व्यहोर्दै राम्रो नेट रन रेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा छ भने काठमाण्डौ २ खेलमा १ जीत र १ हारसहित सातौँ स्थानमा रहेको छ।

प्रतियोगितामा अहिलेसम्म सबै टोलीले कम्तीमा दुई वटा खेल खेलिसकेका छन्। लगातार तेस्रो हार व्यहोरेको पोखरा एभेन्जर्स अंक तालिकाको पुछारमा छ।

कुल आठ वटा टोली सहभागी एनपीएलको यो तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर