Thursday, November 5, 2026

बारामा श्रीमानको छुरा प्रहारबाट श्रीमती गम्भीर घाइते, फरार आरोपी बसपार्कको होटलबाट पक्राउ

Advertisement
Advertisement

बारा, १९ कात्तिक । बारामा श्रीमानको छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। घटनापश्चात् फरार रहेका आरोपी श्रीमानलाई प्रहरीले वीरगन्जको एक होटलबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार कात्तिक १७ गते बिहान करिब १०:३० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुर बस्ने २५ वर्षीया गुल्सान अंसारीलाई निजकै श्रीमान फेटा गाउँपालिका–७ जोतपुर गमरिया बस्ने २८ वर्षीय अलियास अंसारीले ससुराली घर नजिकैको आँपबारीमा बोलाएर कुराकानी गर्ने क्रममा घरायसी विवाद उत्पन्न भएको थियो।

विवादका क्रममा अलियासले श्रीमतीलाई पेट लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएर फरार भएका थिए।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई उपचारका लागि सुरुमा नारायणी अस्पताल पर्सा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज हेल्थकेयर लगि शल्यक्रिया गरी हाल आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनापश्चात् फरार रहेका आरोपी अलियास अंसारीलाई आज कात्तिक १९ गते बिहिवार दिउँसो करिब १३:०० बजेको समयमा अस्थायी प्रहरी पोस्ट इनर्वासिरा बाराबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका–१६ बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको छ।

पक्राउ परेका अंसारीमाथि इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर