Sunday, June 21, 2026

अख्तियारलाई ५ घन्टा हैन, आवश्यक परे पाँचै वर्ष राखेर सोधपुछ गर्छौं: प्रधानमन्त्री बालेन

बारा, ०७ असार। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको सम्पत्ति र सरकारी रकम दोहन भएका घटनाहरूमा आफ्नो पार्टीले दृढतापूर्वक निहुँ खोज्ने र कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले पछिल्लो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूसँग गरिएको सोधपुछको प्रसंगलाई लिएर चौतर्फी चर्चा भइरहेका बेला यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री शाहले आवश्यकता परेमा अख्तियारलाई पाँच घण्टा मात्र नभई पाँचै वर्ष राखेर सोधपुछ र सरसल्लाह लिन आफूहरू तयार रहेको बताउँदै यस विषयमा कसैले चिन्ता लिनु नपर्ने उल्लेख गरे।

उनले भने, “…त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्न पर्छ, सरसल्लाह लिन पर्छ भने ५ घण्टा मात्रै होइन, हामी ५ वर्ष गर्छौं.. ५ वर्षै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्न पर्दैन”

विगतमा भएका नीतिगत फटाइँ र भ्रष्टाचारविरुद्ध सरकार निर्मम बन्ने संकेत गर्दै उनले सामाजिक सञ्जालमा सरकार कतिपय अवस्थामा अनियन्त्रित देखिए पनि कुनै पनि हालतमा नियम र कानुन भने नमिचिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर