Monday, June 22, 2026

पथलैया–विरगन्ज सडकमा दुर्घटना बढ्दो: मेयर पौडेलद्वारा तत्काल व्यवस्थापन सुधारको माग

बारा, ०८ असार। पथलैया–विरगन्ज ६ लेन सडक खण्डमा ट्राफिक तथा सडक व्यवस्थापन प्रभावकारी हुन नसक्दा दुर्घटनाको संख्या बढ्दै गएको भन्दै जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पथलैया, सिमरा, बजनी, जितपुर, छातापिपरा, नितनपुर र भलुही लगायत क्षेत्रमा नियमितजसो सवारी दुर्घटनाहरू भइरहेका छन्। आज मात्रै छातापिपरामा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको घटनाले अवस्था अझ भयावह बन्दै गएको देखाएको मेयर पौडेलले उल्लेख गरेका छन्।

मेयर राजन पौडेलका अनुसार स्थानीय जनसमुदायबाट दुर्घटनाप्रति चिन्ता र आक्रोश निरन्तर रूपमा व्यक्त भइरहेको छ। सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा नागरिकहरूले सुरक्षित सडकको माग गरिरहेका छन्।

उनले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराउँदै पथलैया–विरगन्ज सडक खण्डमा ट्राफिक व्यवस्थापन, संकेत चिन्ह, गति नियन्त्रण तथा सडक सुरक्षाका उपायहरू तत्काल लागू गर्न आग्रह गरेका छन्। साथै, दुर्घटना न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको पनि उनले जोड दिएका छन्।

छातापिपरामा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेयर पौडेलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर