Tuesday, June 23, 2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बारा, ०९ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस अघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस अघि सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर