Friday, October 16, 2026

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने बाराका एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०९ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले बाराका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ बस्दै आएका बाराको निजगढ नगरपालिका–१३ घर भएका ४९ वर्षीय सुरेशगिरी रहेका छन्।

गिरीले एक जना पीडितलाई टर्की पठाइदिने विश्वास दिलाएर १ लाख ९० हजार रूपैयाँ रकम बुझेका थिए। उक्त रकम लिएपछि उनी पीडितको सम्पर्कभन्दा बाहिर गएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले गिरीलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका गिरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर