Friday, October 16, 2026

गृह मन्त्रालयको मान्छे हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच खोज्ने एक जना पक्राउ

Advertisement
Advertisement

बारा, १४ असार । काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार अधिकारी भएको झुठो दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्।

सिंहले आफू गृह मन्त्रालयको उच्च ओहोदाको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी वृत्त वा सम्बन्धित प्रहरी कार्यालयभित्र प्रवेश गरी दबाब दिने र अनधिकृत रूपमा पहुँच बनाउने प्रयास गरेका थिए।

सिंहको व्यवहार र गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सिंहमाथि सरकारी ओहोदाको दुरुपयोग र भ्रम फैलाउन खोजेको कसुरमा हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर