Tuesday, June 30, 2026

सार्वजनिक स्थानमा लगाइएको राष्ट्रिय झण्डाको नियमित सरंक्षण र फेरबदल गर्न स्थानीय तहहरुलाई निर्देशन 

पर्सा, १६ असार। पर्सा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलहरूमा राखिएका राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

जिल्लाका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थानहरूमा राखिएका राष्ट्रिय झण्डाहरू च्यातिएका, फोहोर भएका वा अव्यवस्थित अवस्थामा रहेकोबारे सर्वसाधारणबाट गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।

कार्यालयले राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको सम्मान र संरक्षण गर्नु सबै नागरिकको साझा कर्तव्य भएको उल्लेख गरेको छ। जारी निर्देशनअनुसार स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र रहेका झण्डाहरूको नियमित अनुगमन गर्नुपर्नेछ।

प्रशासनले च्यातिएका वा बिग्रिएका झण्डाहरू तत्काल हटाई मापदण्डअनुसारका नयाँ झण्डा राख्न, पुराना झण्डाहरूलाई सम्मानजनक र सुरक्षित तरिकाले विसर्जन गर्न तथा झण्डा राखिएका स्थानहरूको सरसफाइ र सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ।

यस कदमले सार्वजनिक स्थलहरूमा राष्ट्रिय झण्डाको गरिमा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर