Thursday, July 2, 2026

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

बारा, १८ असार । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजैदेखि लागू हुने गरी दुई प्रतिशतले घटाएको छ ।

असार १७ गते मध्यरातिदेखि डिजेलको मूल्य प्रतिलिटर रु. २३५ रुपैयाँ ८३ पैसाबाट घटेर रु. १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि विभागले स्वचालित प्रणालीअनुसार यो नयाँ भाडा समायोजन गरेको हो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले भाडा घटेको पुष्टि गर्नुभएको छ । यसअघि गत वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार भाडादर पाँच प्रतिशतले वृद्धि गरिएको भए तापनि इन्धनको मूल्य घटेपछि विभागले आजै सार्वजनिक सूचना जारी गर्दै यो निर्णय कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर