Friday, July 3, 2026

बारामा खाद्य पसलहरूको संयुक्त अनुगमन: मापदण्ड मिच्ने फर्मलाई जरिवाना

बारा, १९ असार । खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै बारा जिल्लाका विभिन्न स्थानमा होटल, क्यान्टिन, रेष्टुरेन्ट तथा मिठाई पसलहरूको संयुक्त अनुगमन गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जको नेतृत्वमा निजगढ, कलैया र प्रसौनी क्षेत्रमा सञ्चालित खाद्य व्यवसायहरूको आकस्मिक निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा कार्यालयका प्रमुख सुरेश कुमार सिंहले व्यवसायीहरूलाई भान्साको नियमित सरसफाइ गर्न, खाद्य पदार्थलाई धुलो, धुवाँ र कीराफट्याङ्ग्राबाट जोगाउन, प्रतिबन्धित रङको प्रयोग नगर्न तथा खाने तेलको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

साथै, पुनःपुनः प्रयोग गरिएको तेल र म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सचेत गराउँदै खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने एउटा फर्मलाई प्रचलित कानुन बमोजिम १० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा कुनै पनि लापरबाही नगर्न आग्रह गर्दै टोलीले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने र उपभोक्ता आफैँ पनि गुणस्तरीय वस्तुको छनोटमा सचेत रहनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर