बारा, २० असार । काठमाडौँको जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ का २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन्।
डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका योन्जन गत २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।



