Saturday, July 4, 2026

बाराको जीतपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

बारा, २० असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरस्थित लल्का पुल नजिकबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट बरिष्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्ति चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा फेला पारेका स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरीलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हिरोइन र २५ दशमलव ५३ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ भने थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ।

प्रहरीले पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग तथा आसपासका क्षेत्रमा निगरानी र नियमित चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर