Sunday, July 5, 2026

कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक

बारा, २१ असार । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज रातिदेखि लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो। कान्ति लोकपथ हुँदै मकवानपुर र सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी दुवै प्रकारका यात्रुवाहक सवारी साधनहरूमा संचालनमा रोक लगाइएको हो।

कान्ति लोकमार्गको अधिकांश सडक खण्ड भौगोलिक र भूगर्भीय हिसाबले अत्यन्तै जोखिमयुक्त अवस्थामा रहेकाले वर्षायाममा जुनसुकै बेला पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध भई विपद्को अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यो सुरक्षात्मक कदम चालेको हो।

रातिको समयमा हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि तोकिएको समयमा यात्रा नगर्न र सतर्कता अपनाउन सर्वसाधारण तथा यातायात व्यवसायीहरूमा अपिल समेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर