Monday, July 6, 2026

पर्सामा १०२ केजीभन्दा बढी गाँजा सहित भारतीय नागरिक पक्राउ

पर्सा, २२ असार। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागू औषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जानकीटोला, पर्साबाट खटिएको गस्ती टोलीले हिजो राती जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सियु ३५४४ (BR 01 CU 3544) नम्बरको सेतो रंगको कारलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारभित्र लुकाई–छिपाई राखिएको अवस्थामा १० वटा पोका भित्र जम्मा १०२ केजी ६३८ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भारत, बिहार राज्य, बेतिया नवलपुर निवासी ३२ वर्षीय गुडु बर्मालाई पक्राउ गरिएको छ। प्रहरीले प्रयोग गरिएको सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर