Monday, July 6, 2026

बाराका १० खेलाडी नेपाल प्रिमियर लिग–३ को अक्सनका लागि सर्टलिस्टेड 

बारा, २२ असार। आज हुने नेपाल प्रिमियर लिग–३ को अक्सनका लागि बाराका १० जना खेलाडी सर्टलिस्टमा परेका छन्। जिल्लाबाट एक जना ‘ए’ क्याटेगोरी, एक जना ‘बी’ क्याटेगोरी तथा ८ जना ‘सी’ क्याटेगोरीमा समावेश भएका हुन्।

‘ए’ क्याटेगोरीमा तृथ राज दास परेका छन् भने ‘बी’ क्याटेगोरीमा साहिल पटेल चयन भएका छन्। यसैगरी ‘सी’ क्याटेगोरीमा अर्निको यादव, रवि साह, सुषान्त सिंह, भुलावन सहनी, कमल गुप्ता, अमित श्रेष्ठ, निरज यादव र निखिल सिंह रहेका छन्।

नेपाल प्रिमियर लिग–३ को अक्सन आजै दिउँसो पौने ४ बजे हुने छ । बाराबाट यति धेरै खेलाडी सर्टलिस्टमा पर्नु जिल्लाका लागि गर्वको विषय बनेको छ। क्रिकेटमा बढ्दो सक्रियता र प्रतिभाको पहिचानसँगै यी खेलाडीहरूले अक्सनमार्फत विभिन्न टोलीमा स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ।

सर्टलिस्ट

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर