Monday, July 6, 2026

निजगढमा दाउ प्रहार हुँदा एक जना घाइते

बारा, २२ असार। बाराको निजगढ नगरपालिका–१ गोरु बजार क्षेत्रमा आज सोमबार बिहान दुई व्यक्तिबीच भएको झै–झग्डा क्रममा दाउ प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन्।

स्थानीय अन्दाजी ५० वर्षीय धन बहादुर घिमिरे र अन्दाजी ४० वर्षीय मान बहादुर योन्जनबीच के कारणले विवाद सुरु भएको भन्ने खुल्न नसकेको भए पनि विवाद चर्किँदै जाँदा घिमिरेले योन्जनमाथि मासु काट्ने दाउ प्रहार गरेका थिए। दाउ प्रहारबाट योन्जनको टाउको र गर्दनमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते योन्जनलाई तत्काल उपचारका लागि मध्यम सिटी अस्पताल, निजगढ लगिएको थियो भने अहिले उनको उपचार भइरहेको छ।

घटना लगत्तै दाउ प्रहार गर्ने धन बहादुर घिमिरेलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निजगढ, बारामा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर