Friday, July 10, 2026

बारा: घरबाट कपडा किन्न निस्किएका युवक मृत फेला

बारा, २६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१९ ईनर्वासिरा क्षेत्रमा एक १७ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार अपराह्न करिब ४ः३० बजे स्थानीय बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतकको पहिचान कलैया उपमहानगरपालिका–२ दोहरी टोल बस्ने जयराम महतोका १७ वर्षीय छोरा आकाश महतोको रूपमा गरेको छ।

परिवारका अनुसार महतो गत असार २४ गते बुधबार बिहान कपडा किन्न भनी घरबाट निस्किएका थिए, तर त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। उनको शवलाई अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। युवकको मृत्युको ठोस कारण अझै खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर