Monday, September 21, 2026

क्यानडा पठाइदिने भन्दै साढे दुई करोड ठगी : एक जना पक्राउ

Advertisement
Advertisement

बारा, २८ असार । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।

चौधरीले २६ जना युवायुवतीलाई क्यानडामा राम्रो रोजगारी मिलाइदिने प्रलोभन देखाई विभिन्न समयमा करिब २ करोड ५० लाख रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ। पीडितहरूबाट मोटो रकम संकलन गरेपछि उनी लामो समयदेखि सम्पर्कविहीन बनेका थिए।

आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले दिएको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चौधरीमाथि हिरासतमा राखी घटनाका सम्बन्धमा थप कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर