Tuesday, July 14, 2026

मिटरब्याज पीडितसँग छलफल गर्न गृहमन्त्री गुरुङ बारामा

बारा, ३० असार । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आएका छन्।

जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरू हाल निजगढमा रहेको अवस्थामा मन्त्री गुरुङ उनीहरूसँग संवाद गर्न  आइपुगेका हुन।

बुद्ध एयरको विमानमार्फत सिमरा अवतरण गरेलगत्तै सडक मार्ग हुँदै निजगढ पुगेका गृहमन्त्री गुरुङले अहिले पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेका छन्।

आफ्नो समस्याको दिगो समाधानको माग गर्दै लामो पैदल यात्रा गरिरहेका पीडितहरूसँगको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर