Wednesday, July 15, 2026

नक्कली भुटानी शरणार्थी मुद्दा: टोपबहादुरलाई ४ वर्ष र बालकृष्णलाई २ वर्ष कैद सजाय

बारा, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका उच्चपदस्थ व्यक्तिहरूमाथि कैद र जरिवानाको सजाय निर्धारण गरेको छ।

अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। त्यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा करोडौँ ठगी गरेको यस उच्च प्रोफाइल मुद्दामा विभिन्न कसुरहरू लगाइएको थियो।

अदालतले अपराधको प्रकृति र संलग्नताका आधारमा सजाय तोक्ने क्रममा यस सिंगो मुद्दामा अधिकतम चार वर्षसम्मको कैद सजाय निर्धारण गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर