Thursday, July 16, 2026

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित

बारा, ३१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ।

लामो समयको गतिरोध र विवादपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको हो। यससँगै प्रदेशमा बजेट कार्यान्वयनको बाटो खुला भएको छ।

यसअघि गत असार १ गते मधेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। तर, बजेटमा व्यापक त्रुटिहरू रहेको दाबी गर्दै प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षी दलहरूले संशोधन वा अध्ययनका लागि कार्यदल गठनको माग राखेर लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए।

बजेटमा देखिएको यही विवाद र संसद्को गतिरोध अन्त्य गर्न गत असार २८ गते प्रदेश सभाले सात सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले गहन छलफल गरी तयार पारेको १० बुँदे प्रतिवेदन मंगलबार सभामा पेश गरेको थियो। प्रतिपक्षी र सरकारी पक्षबीच कार्यदलको उक्त १० बुँदे सुझावलाई बजेटको अभिन्न अंग बनाउने सहमति भएसँगै बुधबारको बैठकबाट बजेट पारित भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर