बारा, ३२ असार । सिरहामा अवैध हतियार र गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत निवासी अन्दाजी २६ वर्षका रोशन कुमार यादव रहेका छन्।
प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका वडा नम्बर ७ बाट भारतीय नम्बर प्लेटको BR07AZ4215 नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकी खानतलासी गर्दा मोटरसाइकलमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको हो।
अवैध हतियार र गोली बरामद भएलगत्तै प्रहरीले यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका यादवमाथि पेस्तोल, गोली र मोटरसाइकलसहित नियन्त्रणमा राखेर थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



