Friday, July 17, 2026

बारा जिल्ला अदालतका पाँच न्यायाधीशको सरुवा, नयाँ पाँच न्यायाधीश आउने

बारा.०१ साउन । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका गरी एकैपटक २०७ जना न्यायाधीशको सरुवा गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

सोही निर्णयअनुसार बारा जिल्ला अदालतका पाँच जना न्यायाधीशको पनि सरुवा भएको छ। सरुवा हुनेमा न्यायाधीश यज्ञप्रसाद आचार्य कास्की जिल्ला अदालत, सुरेशराज खनाल मोरङ जिल्ला अदालत, नरेन्द्रबहादुर बुढा काठमाडौं जिल्ला अदालत, अञ्जनराज सापकोटा काठमाडौं जिल्ला अदालत तथा दीक्षा प्रधानाङ्ग मकवानपुर जिल्ला अदालतमा सरुवा भएका छन्।

उनीहरूको स्थानमा बारा जिल्ला अदालतमा भक्तपुर जिल्ला अदालतबाट विश्वनाथ भट्टराई, मकवानपुर जिल्ला अदालतबाट गीता श्रेष्ठ, जुम्ला जिल्ला अदालतबाट आनन्दराज पन्त, कास्की जिल्ला अदालतबाट नीतिज राई तथा काठमाडौं जिल्ला अदालतबाट नारदप्रसाद भट्टराई आउने भएका छन्।

न्याय परिषद्ले न्यायाधीशहरूको सरुवासँगै श्रम अदालत, विशेष अदालत तथा राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष र कानून सदस्यसमेत तोकेको जनाएको छ। बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सुनसरी लगायतका जिल्ला अदालतका न्यायाधीशहरू पनि सरुवा भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर