Friday, July 17, 2026

मिटरब्याज पीडित र सरकारी टोलीबीच सिंहदरबारमा निर्णायक वार्ता, आजै लिखित सम्झौता हुने तयारी

बारा, ०१ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।

यसअघि निजगढमा सरकारी टोली र पीडित प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता प्रदान गर्न लागिएको हो।

सहमतिलाई अन्तिम रूप दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा दुवै पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ। हिजो पनि प्रधानमन्त्री कार्यालयमा दुवै टोलीबीच सघन छलफल भएको थियो र सोही छलफल तथा समझदारीलाई जग मानेर आज लिखित सम्झौताको तयारी गरिएको हो।  

वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनुभएको छ। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहनुभएको छ।

त्यस्तै, पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। पीडित टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी सहभागी छन्। लामो समयदेखि आन्दोलनरत पीडित र सरकारबीच हुन लागेको यो सम्झौतासँगै मिटरब्याज समस्या समाधानका लागि ठोस मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर