काठमाडौँ, ०४ साउन । धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको छ । आज २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ भने १ हजार २५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक भोलि बिहान (५ असार) रक्सौल (वीरगन्ज) आइपुग्ने जानकारी प्राप्त भएको छ ।
यस्तै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ । यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।



