Wednesday, July 22, 2026

श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्न श्रम विभागको निर्देशन

बारा, ०६ साउन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई श्रमिकका उजुरी र निवेदन प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्न कडा निर्देशन जारी गरेको छ।

विगतमा सिधै वा विभिन्न माध्यम (हेल्लो सरकार, मन्त्रालय वा विभाग) बाट आएका उजुरीहरूमा ढिलासुस्ती भएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय पाउन ढिलाइ भएको भन्दै मन्त्रीसमक्ष गुनासो पुगेपछि विभागले यो कदम चालेको हो।

परिपत्रमा उजुरीको जानकारी तत्काल सम्बन्धित व्यक्तिलाई दिनुपर्ने, क्षेत्राधिकार बाहिरका विषय भए सोको जानकारी गराएर सम्बन्धित निकायमा पठाउनुपर्ने, र कर्मचारीले सुशासन ऐन, २०६४ तथा निजामती सेवा ऐन, २०४९ अनुसारको आचरण पालना गर्नुपर्ने स्पष्ट पारिएको छ।

साथै, समयमै प्रतिक्रिया लिई वार्ता गराउने, समाधान नभए यथाशीघ्र निर्णय गर्ने र श्रम अदालत तथा कार्यालयका आदेशहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर