Friday, October 16, 2026

पाँच लाख घुस रकमसहित कर अधिकृत पक्राउ

Advertisement
Advertisement

बारा, ०७ साउन । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई घुस बापतको रकम लिँदै गरेको अवस्थामा बुधबार नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कर अधिकृत पालले सिरहा सुपरमार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेका थिए। घुस नदिएसम्म कर परीक्षणको काम अगाडि नबढाएपछि परेको निवेदनका आधारमा अख्तियारको टोलीले टोली परिचालन गरी उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पालमाथि थप अनुसन्धान भइरहेको अख्तियार बर्दिबास कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर