Friday, July 24, 2026

बारामा नहरमा डुबेर ६ महिनाकी शिशुको मृत्यु

बारा, ०८ साउन। बाराको कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलमा नहरमा डुबेर ६ महिनाकी एक शिशुको मृत्यु भएको छ।

स्थानीय मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन आज शुक्रबार साँझ करिब ६ बजे घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै उत्तरबाट दक्षिणतर्फ बगेको नहरमा डुबेर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया ल्याइएको थियो।

अस्पतालमा चिकित्सकले साँझ करिब ६:३० बजे ECG जाँच गर्दा शिशुको मृत्यु भएको घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। शिशुको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर