Saturday, July 25, 2026

अनशनरत डा.गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

बारा, ०९ साउन । धनगढीमा सत्याग्रहमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।

धनगढी उपमहानगरपालिका-१ स्थित कृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा विगत बिहीबारदेखि अनशनरत डा. केसीलाई चिकित्सकको विशेष सल्लाहमा अस्पताल लगिएको हो।  

शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले धर्मशालामै पुगेर डा. केसीको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० मिमि अफ मर्करी र रगतमा सुगरको मात्रा घटेर ५० मिलिग्राम/डेसिलिटरमा झरेको पाइएको छ।  

रगतमा सुगरको मात्रा अत्यन्तै न्यून भएपछि स्वास्थ्य चिन्ताजनक बनेको भन्दै चिकित्सकहरूले उनलाई तत्कालै अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गर्न सुझाव दिएका थिए।

सुरुमा डा. केसीले अस्पताल जान अस्वीकार गरे पनि स्वास्थ्य निरन्तर बिग्रिँदै गएपछि चिकित्सक र सहयोगीहरूको आग्रहमा उनलाई अस्पताल लगिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर