Monday, July 27, 2026

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु

बारा, ११ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीया ज्योति चौधरीको शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए।

प्रादेशिक अस्पतालका चिकित्सकहरूका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। प्राथमिक उपचारपछि अवस्था गम्भीर रहेकाले चिकित्सकले नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरे पनि आफन्तले थप उपचारका लागि काठमाडौँ लैजाने निर्णय गरेका थिए। 

काठमाडौँ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिनुभएको छ। मृतकको शव पोस्टमार्टमका लागि पुनः सेती प्रादेशिक अस्पताल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर