Monday, July 27, 2026

सुनसरी घटना छानबिन गर्न समिति गठन

बारा, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडपको सम्बन्धमा र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक उच्चस्तरीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता अनन्त काफ्लेले दिएको जानकारी अनुसार मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। उक्त समितिलाई घटनाको सम्पूर्ण सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

गए राति दुई समुहबीच झडप भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट गोली चलाइएको थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने झडपका क्रममा अन्य केही व्यक्ति घाइते भएका छन्।

घटनापश्चात् सोमबार बिहान गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा स्थिति र घटनाका बारेमा विस्तृत जानकारी लिएका छन्। दुई सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्रीको छलफल जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर