Monday, July 27, 2026

नारायणी अस्पतालमा बिरामीको मृत्यु प्रकरणबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, दोषीमाथि कारबाही हुने

काठमाडौं, ११ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बिरामीको जीवन बचाउने प्रयासमा स्वास्थ्यकर्मीबाट कुनै कमजोरी भएको भए छानबिन गरी प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। साथै, घटनापछि अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै यस्ता घटनाले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्ने जनाएको छ।

विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित र निर्भय वातावरणमा सेवा प्रदान गर्न दिन सबै पक्षलाई संयमित हुन आग्रह गरिएको छ। मन्त्रालयले दोषीमाथि कानुनी कारबाही गरी अस्पतालको सेवा नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने पनि जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अस्पतालको सेवा सुधार तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर