Monday, July 27, 2026

सरकारसँग सहमति जुटेपछि डा. गोविन्द केसीले अनशन तोडे

बारा, ११ साउन । स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रको सुधारका विभिन्न माग राख्दै कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ।

गत बिहीबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा रहेको सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो।

दुवै पक्षबीच भएको लामो र सघन वार्तापछि माग सम्बोधन गर्ने सहमति भएसँगै डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर