Wednesday, July 29, 2026

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बारा, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

स्थानीय दयाप्रसाद थारुको निर्माणधिन घरको आँगनमा तयार पारिँदै गरेको सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका हुन्।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले जेसीबीको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालेको थियो। तर, उद्धार गर्दा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। मृतक सबैको शव परीक्षण (पोष्टमार्टम) का लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ।

मृत्यु हुनेहरूमा कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्। ट्याङ्कीभित्र निस्सास्सिएर कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ।

घटनाको यथार्थ कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर