बारा, १४ साउन । प्रधानमन्त्री बालेन शाहले आजै राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
सुनसरीको देवाञ्जगञ्जमा घटेको अप्रिय घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री शाहले राष्ट्रलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
सम्बोधनका लागि आवश्यक तयारी तीव्र पारिएको छ। सुरक्षा निकायका प्रमुखहरूसँगको निरन्तर छलफलपछि प्रधानमन्त्री शाहले सम्बोधन गर्न लागेका हुन ।



