Thursday, July 30, 2026

आपसी सद्‌भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

बारा, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न अपिल गरेका छन्।

बिहीबार अपिल जारी गर्दै उनले नेपालको वास्तविक पहिचान र परम्परा नै एकापसबिचको सहिष्णुता, मेलमिलाप र भ्रातृत्व भएको स्पष्ट पारे। राष्ट्रपति पौडेलले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ऐक्यबद्ध हुन आग्रह गरेका छन्।

जटिल अवस्थामा स्थितिलाई थप बिग्रिन नदिई समुदायमा आपसी मित्रता र सहिष्णुता कायम राख्न अपिल गर्दै उहाँले सरकारले पनि शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको सामान्य जीवनयापन सुचारु गर्न हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरेका छन्।

अपिलका क्रममा राष्ट्रपति पौडेलले सो अप्रिय घटनामा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन सम्बद्ध सबै निकायलाई सचेत गराएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर